एसपी रिपोर्टर
सिरहा ,साउन १७
: सिरहाबाट लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । औरही गाउँपालिका-४ कमलपुरबाट शनिबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१ मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा, १७ वर्षीय पशुपति सदा छन् ।यसैगरी, सोही ठाउँका ३२ वर्षीय जीवछ साह, औरहि गाउँपालिका-३ का ४२ वर्षीय राजिन्द्र यादव, भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत-१४ का ३९ वर्षीय वैजनाथ चौधरी र सोही ठाउँका वर्ष ३० का रमेश कामत रहेको प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट पाँच वटा बोरामा रहेको १ सय ३ किलो लागुऔषध गाँजा बरामद भएको छ ।

यस विषयमा विस्तृत अनुसन्धान गर्ने काम भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।