एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ९ : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मधेश र देशकै बढदो अपराधहरुको सबै भन्दा ठुलो समस्या र चुनौती लागुऔषध रहेको बताएका छन् । मधेशको राजधानी जनकपुरधाममा संघिय र प्रदेश गृहमन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समुदघाटन गर्दै गृहमन्त्री लेखकले देशकै ठुलो अपराध लागुऔषध रहेको र त्यसकै कारण अन्य अपराधहरु बढदै गएको बताएका छन् ।
गृहमन्त्रीका अनुसार लागु औषध पछि देशमा सडक र सवारी दुर्घटना, आत्महत्या र साइबर क्राईम अत्याधिक हुने अपराध रहेको बताउदै सबै अपराधको जड भने लागु औषध नै छन् । उनले मधेशको आठवटै जिल्लाको भुगोल, परिवेश, बोलिभाषा सहज र एकनाश भएकाले अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीका लागि सहज हुने बताए ।

नेपाल भगौलिक रुपमा जतिवेला पनि विपदको जोखिममा रहेकाले त्यसै अनुसारको सुरक्षाको योजना अपरिहार्य रहेको बताए । भुकम्प जतिवेला पनि आउन सक्ने, मौसम अनुसार बाढी पहिरो, कटान, लु, लेक, आगलागीको जोखिममा हामि रहेकाले हरहमेशा त्यसको सामनाका लागि तयारी अवस्थामा रहन सक्नु पर्ने उनको जिकिर थियो ।

सो अवसरमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह र गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेश सरकारको मातहत प्रहरी प्रशासन ल्याउन ढिलाई भइरहेको प्रति ध्यानाकर्षण गराउँदै त्रिपाल र झोपडीमा सुरक्षाकर्मी बसेर सेवा प्रदान गरिरहेको तर्फ ध्यान दिन संघिय सरकारलाई आग्रह गरेका थिए ।

सात प्रदेश मध्ये पाँचमा सकिएर मधेशमा हुन लागेको सुरक्षा गोष्ठी छिट्टै बागमतीमा हुन वाँकी रहेको बताइएको छ । बेलुकी सम्म चल्ने गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मल कुमार थापा, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दिपक थापा, सशस्त्र प्रहरी वलका महानिरिक्षक राजु अर्याल, नेपाली सेना मधेश महोतरीको बर्दिवास स्थित मध्यपुर्वी पृतनाका पृतनापति कृष्ण बहादुर जिसि, सहित तिनै सुरक्षा अंगका प्रमुख तथा प्रतिनीधि सहित मधेशको प्रादेशिक र आठवटै जिल्लाका सुरक्षा र प्रशासनका प्रमुखहरुको उपस्थिति रहेको छ ।





