एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ : शेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई कोभिड १९ उपचारमा प्रयोगका लागि आधुनिक टेन्ट सहयोग गरेको छ । करिव सावा लाख बराबरको ४० स्कवायर मिटरको आधुनिक टेन्ट प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहलाई शेभ द चिल्ड्रेनका प्रदेश २ संयोजक डा. अजय कान्त झाले टेन्ट हस्तान्तरण गरेका छन् ।
टेन्टको प्रयोग सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह स्थित भारदह अस्पतालमा कोभिड १९ विरामीको उपचारका लागि प्रयोग गरिने छ । प्रदेश सरकार मातहत रहेको अस्पतालमा कोरोनाका विरामी उपचारका लागि बेड व्यवस्थापन गर्न अप्ठेरो हुने गरेको गुनासो पछि टेन्ट सहयोग गरिएको शेभ द चिल्डे«नका अभिलेश कर्णले बताए ।
१ लाख १६ हजार १ सय ९ रुपैयाको सो टेन्ट कोभिड १९ उपचारका लागि उपयोगी रहेको छ । मन्त्री साहले सहयोगका लागि धन्यवाद दिए । प्रदेश मातहतका अस्पतालहरुलाई प्रदेश सरकार सक्दो आधुनिक बनाउन लागि परेको भन्दै उनले महामारी र अभावका बेला गरिएको सहयोग सराहनीय रहेको उनको भनाई थियो ।
शेभ द चिल्ड्रेनले सेना वा सशस्त्र प्रह्री वलको सहयोगमा टेन्ट लगाउन सुझाव दिएका छन् । टेन्ट हस्तान्तरण कार्यक्रममा प्रतिनिधीसभा सांसद प्रमोद कुमार साह, प्रदेश सांसद रिना साह, डा. प्रमोद यादव सहितको उपस्थिती थियो ।