एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : कोरोनाले मृत्यु भएको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ स्थित लोमस प्यारेन्टरल एण्ड फरमुलेशन प्रा.लीको जेनरल म्यानेजरको शव सेनाद्वारा व्यवस्थापन गरिएको छ । करिव चार वर्ष देखि कम्पनीमा काम गर्दै आएका भारत आन्ध्र प्रदेशका ६५ वर्षिय पिभी नागेश्वर गोस्वामी आफनै आवाशगृहमा विहिवार विहान मृत अवस्थामा देखिएपछि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।
उनमा दुईचार दिन अगाडी देखि ज्वरो र खोकी लाग्ने समस्या देखिएको थियो । क्षिरेश्वरनाथ नपाको महेन्द्रनगर स्थित स्थित श्री श्रीनाथ गणवाट खटेको सेनाको शव व्यवस्थापन टोलीले विहिवार नै कोभिडको शव व्यवस्थापन कार्यविधी अनुसार सोहि नगरपालिकाको वडा नं. ९ इच्छापुर स्थित जल्लाद खोलाको किनारामा शवको व्यवस्थापन गरेको छ ।