एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : क्लोथ बैंकले जनकपुरधामवाट सञ्चालन गरेको गरेको होम आइसोलेसन कार्यक्रम (एक घर एक बेड) मा अहिले सम्म ३२ जना विरामी अन्डर केयरमा रहेका छन् । अभियान व्यवस्थापन समितिको पहलमा रहेको चिकित्सकीय टोलीका संयोजक डिएम डा. अजय झा नेतृत्वको ५१ सदस्सीय चिकित्सकको टोली विरामीहरु संग सम्पर्कमा रहेको र अवस्था बुझिरहेका छन् ।
अभियानको व्यवस्थापन समितिका अनुसार चिकित्सकीय टोली संग प्रदेश २ कै विरामीहरु सम्पर्क गर्न थालेका छन् । समितिका अनुसार प्रदेश २ को पर्सा जिल्ला बिरगंज वार्ड ४ को ५६ बर्षिय महिला र ७ बर्षिय बच्चा सहित २ जन, सर्लाही बरहथवाको वार्ड नं. ६ को ३५ बर्षिय पुरुष, धनुषा जनकपुरधाम वार्ड नं. ९ को ३५ बर्षिय पुरुष, वार्ड नंं. २० को ५८ बर्षिय पुरुष र जनकपुरधाम वडा नं. ४ को विभिन्न उमेर समुहका ४ महिला र ४ पुरुष गरि कुल ३२ जना अभियान अन्तर्गत चिकित्सकीय परामर्श लिइरहेका छन् ।
अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरुले अवस्थाको आधारमा विरामीहरुलाई विभिन्न सुझाव सल्लाह प्रदान गरिरहेको भन्दै माता जानकीको कृपाले सबै जनाको सिघ्र स्वास्थ लाभ हुने कामना र प्रार्थना अभियानले गरिरहेको छ ।
साथै अभियान परिवारले जनकपुरधाममा यसै पवित्र र परोपकारी कामका लागि अन्य समुहहरु समेत गठन हुन थालेकाले अभियानमा थप बल पुग्ने र महामारीवाट लडन थप उर्जा र हिम्मत मिल्ने विश्वास समेत लिएको छ ।