एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना संक्रमण पुष्टी भएको छ । जनकपुरधाम प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर जाँच गराउँदा उनमा कोरोना संक्रमणको पुष्टी भएको हो । प्रमुख पजियारले शुक्रबार पीसीआर जाँच गराएका थिए । प्रमुख पजियार होम आइसोलेसनमा छन् ।
कोरोनाको संक्रमण पुष्टी भएपनि लक्षण भने नदेखिएको उनले बताए । भने ‘मलाई हल्का ज्वरो थियो पीसीआर जाँच गराउँदा कोरोना संक्रमण देखिया, खासै त्यस्तो कुनै लक्षण देखिएको छैन, केहि दिन आइशोलेट भएर फेरी जाँच गराउने छु ।’ उनले पछिल्लो केही दिन एता सम्पर्कमा आएका व्यक्तिलाई पनि आफ्नो पीसीआर जाँच गराउन आग्रह गरेका छन् ।
प्रमुख पजियारसंगै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का ४८ वर्षिया एक महिलामा संक्रमण देखिएको छ । यता महोत्तरीको भंगहा नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्षमा समेत कोरोना संक्रमण पुष्टी भएको छ । भंगहा वडा नम्बर ४ का वडाध्यक्ष अशोक कुमार महतोमा कोरोनाको संक्रमण पुष्टी भएको हो ।