एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : धनुषामा ५४ सहित प्रदेश २ मा शुक्रबार १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी र बारामा २०।२० जना र सिरहामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
नयाँ संक्रमित फेला पर्ने १९९ जना मध्ये ४७ जना महिला छन् । योसंगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६२७ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश २ माकोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने कएकजना मृतकमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार मृत्यु हुनेमा सिरहा सिरहाको बिष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय एक पुरुष गरी दुईजना छन् भने सर्लाहीमा मृत्यु भएको एक महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । योसंगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।