FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

पर्सामा भारतिय महावाणिज्य दुतावासका एक सहित थप ५० मा कोरोना, रिपोर्टमा भने शंकै शंकाको प्रशस्त प्रमाण

बिरगंज सहित तराई मधेश त्राहिमाम हुँदा सरकार किन मौन र रमिते ?

प्रणय साह
पर्सा, साउन ३० :
पर्सामा गरिएको परिक्षणमा ४९ जना नयाँ र लगातार रुपमा पोजेटिभ रिपोट आइरहेका एक संक्रमित गरी ५० जनामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै बीरगन्जस्थित नारायणी अस्पतालको पछिल्लो रिपोर्ट अनुसार बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका १९ जनासहित थप ४९ जनामा संक्रमणको पुष्टि भएको छ । भारतीय महावाणिज्य दुतावासका एक जना कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाका १९ जना रहेका छन् । सो उपमहानगरपालिकाको वडा नं. १४ देखि वडा नं. २५ सम्मका व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । वडा नं. १४ का ३ जना, १५ देखि वडा नं. २४ सम्मका एकरएक जना र वडा नं. २५ का ६ जना संक्रमित भएका छन् । एक जना सिमरा क्वारेन्टिनमा रहेका आर्मीमा पनि संक्रमणको पुष्टि भएको छ । यता, पछिल्लो रिपोर्ट अनुसार नारायणी अस्पतालमा एक जना चिकित्सकसहित थप ११ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका छन् । संक्रमित हुनेमा एक जना अस्पतालको एनआईसीयुका एक जना चिकित्सक छन् ।

संक्रमित हुनेमा ३ जना सेक्युरेटी गार्ड, मेडिकल वार्डका तीन जना स्वीपर र एक कार्यालय सहयोगी गरी ४ जना, फिजियोथेरापी स्टाफ एक जना, पोषण वार्डका एक जना र अन्य एक जना छन् । थपिएका अन्य संक्रमितहरुमा बीरगन्जको श्रीपुर, घडिअर्वा, पानीट्यांकी, वडा नं. २, ४, १३, १४, १५, २५, लगायतका वडाका पनि छन् । दुई जना सशुल्क परिक्षण गराएका व्यक्तिमा पनि संक्रमणको पुष्टि भएको छ । यस्तै, बाराको विश्रामपुरका एक जना रहेका छन् भने महोत्तरीको जलेश्वरका दुई जना पनि संक्रमित भएका छन् ।

रिपोर्टमा शंकै शंका

नारायणी अस्पतालले गरेको स्वाब परिक्षणको रिपोर्ट माथि शंका उत्पन्न भएको छ । वैश्विक कोरोना महामारीले ग्रसित पर्सा जिल्लाको मात्र नभई नारायणी अस्पतालले बारा, रौतहट र सर्लाहीबाट आएको स्वाब समेत परिक्षण गर्ने गरेको छ । तर विगत केही दिन देखि नारायणी अस्पतालले स्वाब परिक्षण गरी दिएको नेगेटिभ रिपोर्टहरु काठमाण्डौं गई जाँच गराउँदा पोजिटिभ हुने गरेको र पोजिटिभ रिपोर्ट देखाउँदा नेगेटिभ भएको दृष्टान्तहरु फेला पर्न थालेपछि सर्वत्र शंका व्याप्त भएको छ ।

रेल्वे मा.वि.का शिक्षक नविन सिंहको स्वाब परिक्षण गर्दा नारायणी अस्पतालले नेगेटिभ देखाएको तर स्वास्थ्य अवस्था बिग्रदै गएपछि हेलिकप्टर मगाई काठमाण्डौ पठाएर परिक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको र अहिले उनको उपचार काठमाण्डौमा भइरहेको छ । यसैगरी पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ बताएको तर स्वास्थ्य स्थिती बिग्रदै गएपछि काठमाण्डौ लगी स्वाब परिक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनको उपचार हैम्स हस्पिटलमा भइरहेको छ ।

यसैगरी वीरगंजका एक युवा विवेक बस्नेतको स्वब परिक्षण गर्दा श्रावण २८ गते नारायणी अस्पतालले कोरोना पोजिटिभ बतायो तर उनी भोलीपल्ट काठमाण्डौ गई हैम्स हस्पिटलमा परिक्षण गर्दा नेगेटिभ आयो ।यस सन्दर्भमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायसंग सम्पर्क गर्दा मोबाईलमा सम्पर्क हुन् सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

13 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

14 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

20 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy