एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : कोरोनावाट धनुषामा पहिलो मृत्यु भएको मृतकका श्रीमती, भतिजि र सालो सहित १० जनामा कोरोना संक्रमण पुष्टी भएको पाइएको थियो । शहिदनगर नगरपालिकाका मेयर उदर बरबरिया यादवले जनाए अनुसार कमला नगरपालिका घर भई शहिदनगरको डुमरियामा व्यवसाय गरि बस्दै आएका पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएपछि कन्टयाक्ट ट्रयासिङ्ग गर्दा मृतको श्रीमती, भतिजी र सालो गरि परिवारजनका तिनजना पोजेटिभ पाइएको थियो ।
उनी धनुषामा कोरोनावाट मृत्यु भएका पहिलो व्यक्ति (पुरुष) थिए । साथै कमला नगरपालिकाका अन्य तिन र शहिदनगरका ४ गरि १० जनामा कोरोना संक्रमण देखिएको र उनीहरु आइशोलेसनमा उपचारार्थ रहेको बताइएको छ । ट्रयासिंङ्ग गरिएका १२० मध्ये १० जनाको पोजेटिभ आएपनि सवैको उपचार भइरहेको र अवस्था समान्य रहेको मेयर बरबरियाले बताए ।