FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बिरगंजमा आइसोलेशनमै शिशुको जन्म देखि सिइओको मृत्यु सम्म

तीन डाक्टर सहित थप ४६ जनामा कोरोना पुष्टि

बिरगंजमा आइसोलेशनमै शिशुको जन्म देखि सिइओको मृत्यु सम्म

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ :
वीरगञ्जमा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ वर्षदेखि ७५ वर्ष उमेर समुहका संक्रमितहरु रहेका छन् । पर्सा, बारा, रौतहटका बासिन्दा भएतापनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्छन् । संक्रमितहरुमा नारायणी अस्प्तालका दुई जना अर्थोपेडिक डाक्टर र एक जना बाहिरका डाक्टर गरी तीन जना डाक्टर पोजेटिभ देखिएका छन् । नारायणीका ४४ र ४० वर्षको पुरुष अर्थोपेडिक डाक्टर र वीरगञ्जकै एक जना ३६ वर्षीय डाक्टर पनि संक्रमित हुन पुगेका छन् ।

त्यसैगरी, नारायणी र एडभान्स हस्पिटलका६ जना स्टाफ नर्सहरु संक्रमित भएका छन् । वीरगञ्जको विभिन्न वडामा गरिएको मास ट्रेसिगमा पनि सर्वसधरण कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए । नारायणीको मेडिकल वार्डमा खटिने ४० वर्षकी स्टाफ नर्स,आइसियु कक्षामा खटिने २० र २४ वर्षका स्टाफ नर्समा कोरोना पुष्टि भएको छ भने नारायणी अस्पतालमै डायायलोसिस गराउने पर्सा पोखरीया १ की ७५ वर्षीया महिला,बारा,निजगढका ६५ वर्षिय पुरुष र बारा जितपुरका २४ वर्षीया महिला मृगौला रोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी,बाराको नितनपुरमा रहेको म्याग्नस फर्मा प्रालि (औषधी उद्योग)मा कार्यरत तीन मजदुर र लोटस फर्मा वीरगञ्ज २ छपकैयाका एक जना गरी कुल ४ जना मजदुरहरुमा पनि कोरोना पुष्टि भएको छ । म्यागनसका मजदुरहरुमा रौतहट, राजपुर ५ घर भएका ३७ वर्षका पुरुष, पर्सा, बहुदरमाई नगरपालिका ४ नगरदाहाका ४४ वर्षीय पुरुष र वीरगञ्ज १२ मुर्लीकी २६ वर्षीया महिला मजदुरमा कोरोना पुष्टि भएको छ । यता लोटस फर्माका वीरगञ्ज ५ रेशमकोठी बस्ने ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी,वीरगञ्ज १४ का ६५ वर्षीय पुरुष, वीरगञ्ज ११ का ४१ वर्षीय पुरुष, वीरगञ्ज १४ कै ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याबले जनाएको छ। वीरगञ्जका अन्य वडाका संक्रमितहरु पनि रहेका छन् ।

आइसोलेसनमै शिशु (छोरी)को जन्म

वीरगन्ज स्थित कोभिड अस्पतालमा उपचाररत एक संक्रमीत महिलाले आइसोलेसनमै जन्माएकी छिन् । कोरोना संक्रमित वीरगन्ज–१ छपकैयाकी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजे छोरी जन्माएकी हुन् । आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । ती महिलालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको जानकारी उनी र उनको परिवारलाई थाहा थिएन ।

बिहीबार साँझ बेथाले च्यापेपछि सुत्केरी गराउन उनलाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो । संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति साँढे एक बजे उनलाई कोभिड अस्पतालमा ल्याएका थिए । ‘बिहान ४ बजेर १० मिनेटमा बच्चा जन्मियो, आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ।’ नवजता शिशुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको डा सिंहले जानकारी दिए ।

भारत घरभई जगदम्बा इन्टरप्राइजेजका सिइओ रहेका ५६ वर्षिय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको छ । गत साउन ७ गते गण्डक अस्पताल भर्ना भएका उनको शरिरमा अक्सिजनको मात्रा कमि भएर मृत्यु भएको उपचारमा संलग्र डा.निरज सिंहले जानकारी दिएका छन् । विहीबार विहानै देखी भेन्टिलेटरमा राखेर उपचार गरि रहेको भएता पनि राति ११ बजे शरिरमा अक्सिजनको मात्रा कमि भएर मृत्यु भएको डा.सिंहले बताए ।

मृतक सहित बिहिबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना महिला छन् । नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा विहिवार मात्रै ३ जनाको मृत्यु भएको छ ।

जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

भारत घरभई जगदम्बा इन्टरप्राइजेजका सिइओ रहेका ५६ वर्षिय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको छ । गत साउन ७ गते गण्डक अस्पताल भर्ना भएका उनको शरिरमा अक्सिजनको मात्रा कमि भएर मृत्यु भएको उपचारमा संलग्र डा.निरज सिंहले जानकारी दिएका छन् । विहीबार विहानै देखी भेन्टिलेटरमा राखेर उपचार गरि रहेको भएता पनि राति ११ बजे शरिरमा अक्सिजनको मात्रा कमि भएर मृत्यु भएको डा.सिंहले बताए ।

मृतकसहित बिहिबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ८ जना महिला छन् । नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा विहिवार मात्रै ३ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

8 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy