एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाका अनुसार मन्त्रालयका ५० वर्षीय स्टोर किपर, ३५ वर्षीय सबारी चालक र एक २५ वर्षीय कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । तिमध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको सह(निर्देशक झाले जानकारी दिए । पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको उनको भनाई छ ।
पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको छ । उनीहरुको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिने बताइएको छ । त्यसैगरि जनकपुरधाम स्थित माछापुच्छरे बैंकको सहायक म्यानेजरमा समेत कोरोना पोजेटिभ पाइएको जनकपुरधाममा चर्चा चलेको छ ।