FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बिरगंजमा सेना, प्रहरी र कैदीबन्दी सहित ३४ मा कोरोना

यस्तो छ प्रदेश २ मा कोरोना संक्रमण, उपचार, परिक्षण र क्वारेन्टाइनको अपडेट

एसपी रिपोर्टर
पर्सा, साउन १४ :
पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ उनले भने । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको उनले बताए ।

संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले भने, ‘आइसोलेसनको व्यवस्थापन अझै हुन सकेको छैन, होम आइसोलेसनमा लापरबाही भयो भने परिवारमा संक्रमण फैलन सक्ने जोखिम हुन्छ ।’

५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ । जसमध्ये पाँच जना आईसीयुमा छन् । आठ जनालाई त्रिजुद्ध स्कुलमा राखिएको छ । पाँच जना पर्सागढीमा, ३ जना सखुवाप्रसौनीमा र १ जनालाई ठोरीमै राखिएको छ । तर ती पालिकाहरुमा आइसोलेसन सेन्टर छैन । ‘मास टेष्टिङ’ बाट संकलन गरिएका १५ सयको हाराहारीमा स्वाबको नमुना परीक्षण हुन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy