एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ : कमला नगरपालिकाकाको टेरहामा घर रहेपनि शहिदनगर नगरपालिकाको डुमरियामा किराना, हार्डवेयर र खाद्यको समेत व्यापार गर्दै आएका ३८ वर्षिय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएपछि पुर्वी धनुषामा त्रास बढेको छ । शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले दिएको जानकारी अनुसार मृतकको साविक घर टेरहामै उनको परिवारका सवै सदस्यलाइ होम क्वारेन्टाइनमा राखिएको छ ।
मुटु र ब्लडप्रेसरका रोगी समेत रहेका मृतक यस बिचमा समेत परिवारजनलाई जानकारी नगराई सिमापारी गएको मेयर बरबरियाले आफुलाई जानकारीमा आएको बताए । पसलका समान लिन उनी भारत तर्फ पनि गइ रहन्थे । उनले भेन्टिलेटरको अभावकै कारण उनको मृत्यु भएको बताए । मुटु रोगीलाई तुरन्त भेन्टिलेटर आवयश्क हुन्छ तर अस्पतालमा खाली नभएकाले धरान रेफर गरिएपनि बचाउन नसकिएको उनले बताए ।
साथै उनले पसल चलाउदै आएको डुमरिया र संगैको नाथपट्टीलाई शिल गरि टे«सिङ्गको काम भइरहेको बताएको छ । डुमरियाचौकको सवै गरि डुमरियाका सवै परिवारको एकजना सक्रिय सदस्यको पहिला परिक्षणको तयारी भइरहेको र रिपोर्ट अनुसार थप रणनिति बनाइने तयारी गरिएको छ । शहिदनगर नगरपालिकामा १९ गते सम्म स्वास्थ्य सेवा र बैंकिङ्ग सेवा सहित अतिआवयश्क वाहेकका सवै सेवा बन्द गर्ने निर्णय समेत भएको छ ।