एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : सप्तरीको बलान बिहुल गाँउपालिकाका मात्रै १६ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । यस संगै बलान बिहुल जिल्लाको सवै भन्दा बढि संक्रमित भएको स्थानिय तह भएको छ । जिल्लाको कुल ९३ संक्रमित मध्ये बलान बिहुलकै मात्र २७ जना पुगेको छ ।
सिमावर्ती भारतको नाकासंगै टाँसिएको गाँउपालिकाको शेराहट प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक महिला र १५ पुरुषहरुमा संक्रमण पाइएको सप्तरीका स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । संक्रमण भेटिएका सवै भारतको विभिन्न ठाँउवाट आएकाहरु हुन । १२ देखि ४५ वर्ष उमेर समुहका उनीहरुलाई आइशोलेसन लाने तयारी भइरहेको यादवले बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकर आर्चायले समेत संक्रमण पाइएको बताए । संक्रमित पाइएका सवैजनाको स्वाब परिक्षण सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हो । संक्रमण पाइएका १६ जना रहेको तर राजबिराज नगरपालिका वडा नं. २ स्थित साई कृष्ण अस्पताल आइशोलेसनको एक सय शैया मध्ये सातवटा मात्र खाली रहेकाले १६ जनाको व्यवस्थापनका लागि जिल्लाको सुरक्षा समितिको बैठक बसिरहेको छ । आइशोलेसन बेड थपेर उनीहरुलाई व्यवस्थापन गरिने सिडिओ आर्चायले बताए ।