FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ६४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि, ६ सय १३ पुग्यो


पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ६४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि, ६ सय १३ पुग्यो

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १८ :
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार धनुषा जिल्लामा २१ जना, सर्लाही जिल्लामा १० जना, रौतहट जिल्लामा २८ जना र पर्सा जिल्लामा ५ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो । यो संगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय १३ पुगेको छ । कोरोना संंक्रमितिहरु मध्ये उपचार पश्चात ९८ जनाले स्वाथ्य लाभ प्राप्त गरेका छन् ।

धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका वडा नम्वर ४ स्थित दुखनीदेवी नर्सिङ्ग होमको क्वारेन्टाईनमा रहेका २१ बर्षिय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको हो । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका स्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका बर्ष १९ बर्षका २ जना तथा २०, २१, २३, २४, र २७ बर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । धनुषा जिल्लाकै मुखियापट्टी मुसहरनीया गाउँपालिका स्थित तुल्सीयाही प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २४, २५, २६, २७, २८, ३०, ४५, ४६ र ३५ बर्षमा ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो ।

धनुषा जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका अधिकांस संक्रमितहरु भारतको गुजरातबाट आएको बुझिएको छ । जसमा चारनाथ नगरपालिकाका संक्रमितको स्वाव जेठ ११ गते संकलन गरिएको थियो । त्यसैगरी गोपाल धर्मशालाका संक्रमितको जेठ १५ गते र मुखियारपट्टीका संक्रमितहरुको १० गते स्वाव संकलन गरिएको थियो ।

सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका एक जना उमेर स्पष्ट हुन नसकेका पुरुष सहित १५, २४, ३४, ५० र ४० बर्ष उमेरका २ जनागरी कुल ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्रा.वि.को क्वारेन्टाईनमा रहेका बर्ष २५, २८ र ४८ बर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा हरिपुर नगरपालिका संक्रमितहरुको जेठ १३ गते र ब्रम्हपुरी गाउँपालिकाका संक्रमितहरुको जेठ १५ गते स्वाव संकलन गरिएको थियो । सक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर सम्वन्धित क्वारेन्टाईनमा बस्दै आएका थिए ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित गंगा पिपरा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७, २२, २३, २९, ३५, ४० र २५ बर्षका २ जना गरी कुल ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै इशनाथ नगरपालिका बडा नम्वर सातमा रहेको घिउरा मा.वि.को क्वारेन्टाईनमा रहेका २० बर्षका २ जना सहित १७, १९, २१, २२, २४, २७, ३६, ४५ र ५० बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिका वडा नम्वर ८ मा रहेको जोकाहा मदरसाको क्वारेन्टाईनमा रहेका ४, ८ र १२ बर्षिय बालक तथा ३० बर्षका २ जना पुरुष सहित १८, २२, ४५ र ५२ बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएका छ । रौतहट जिल्लाका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।

पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका बर्ष २५ बर्षिय महिला तथा २२ बर्षिय दुई जना पुरुषहरु सहित २५ र ३६ बर्षिय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै जना छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।

प्रदेश नम्वर २ मा कोरोना संक्रमणको बढोत्तरीलाई ध्यानमा राख्दै प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला जनकपुरसँगसँगै बीरगंज र राजबिराजमा रियलटाईम पि.सि.आर. मेसिन जडानगरी स्वाव परिक्षणलाई तीब्रता दिने निर्णय गरेको यहाँहरु सवैलाई जानकारी नै छ । जस अनुरुप जनकपुरको रियल टाईम पि.सि.आर.मेसिन जडान गरिसकिएको छ । हाल उक्त मेसिन भ्यालिडेसन अर्थात गुणस्तर र क्षमता परिक्षणको क्रममा रहेको जानकारी गराउन चाहान्छु । हालसम्म उक्त मेसिनले पहिलो लटमा २५ जना र दोस्रो लटमा ४७ जनाको स्वाव परिक्षण गरेको छ । उक्त परिक्षण गरिएको स्वावको परिणामलाई ऐकिन अर्थात भ्यालिडेसन गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्र्रयोगशाला टेकुमा पठाईएको छ र उक्त परिक्षण प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराउन चाहान्छु । यसको साथ साथै एक दुई दिन भित्रबाट नै जनकपुरका रहेको पि.सि.आर.मेसिनले आफ्नो पूर्ण क्षमता सहित स्वाव परिक्षणको कार्य गर्ने सम्पूर्ण सवैमा जानकारी गराउन चाहान्छु ।

प्रदेश नम्वर २ मा कोरोना संक्रमणको बढोत्तरीसँगै थप क्वारेन्टाईन र आइसोलेसन कक्षहरु निर्माण भइरहेका छन् । विशेषगरी छिमेकी मुलुक भारतबाट नेपाल भित्रने नेपाली नागरिकहरुको संख्या बढेपछि क्वारेन्टाई र आइसोलेसन कक्षहरु थप निर्माण गर्नु परेको हो । यसरी प्रदेश सरकारले संक्रमीतको संख्या बढोत्तरी हुनुसगै आवश्यक भौतिक पूर्वाधार निर्माण र सञ्चालनलाई समेत उच्च प्राथमिकतामा राखेको जानकारी गराउन चाहान्छु ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको क्षेत्रमा क्रियाशील रहनु् भएका सम्पूण पक्षको प्रयास कार्य सम्पादन महत्वपूर्ण रहँदै आएको छ । विशेषगरी स्थानीय तहमा क्वारेन्टाइन निर्माण र सञ्चालन गरिहनु भएका सरोकारवालाहरु र सम्वन्धित स्थानीयतहका जनप्रतिनिधि र कर्मचारीहरु धन्यवादको पात्र हुनुहुन्छ । त्यसैगरी आफ्नो जीवनलाई नै जोखिममा रहेका कार्यक्षेत्रमा खटिनु भएका सम्पूर्ण स्वाथ्यकर्मी र सुरक्षाकर्मीहरुलाई कार्यसम्पादन आफैमा अर्थपूर्ण छ । तर अझै हामीले तीब्रता र सचेततापूर्वक कार्य गर्नुपर्ने अवस्था निर्माण भएको हुँदा यसलाई आत्मसात गरिदिनुहुन सम्वन्धित सवैलाई हार्दिक आग्रह गर्दछु ।

त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र २३ जना पुरुषगरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित ४० जना पुरुष र १ जना महिलागरी कुल ४१ जना कोरोना संक्रमितहरुकोको उपचार भइरहेको छ ।

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ७ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २८ पुरुषगरी कुल ३१ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा ४२ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा २२ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी कुल ५० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा १८ जना पुरुष र २ जना महिलागरी कुल २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
त्यसैगरी सिराहा अस्पताल सिराहामा ४ जना र महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना, गरी कुल १२ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

1 hour ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

5 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

11 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

13 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy