FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश २ मा संक्रमण, आत्म विश्वास र कोरोना माथीको जित, एकै दिन ४३ जना घर गए

करिव ३० प्रतिशत संक्रमित प्रदेश २ मै, कुल संक्रमित १ सय ७१

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १३ :
रौतहटमा थप २१ सहित प्रदेश २ मा २६ जना संक्रमित थपिएका छन् । यससंगै प्रदेश २ मा मात्र संक्रमितको कुल संख्या २ सय ६५ पुगेको छ । प्रदेश नं. २ मा आज विहानै २६ जना नयाँ कोरोना सँक्रमित थपिएको हो । समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. राम प्रसाद घिमिरेका अनुसार विहान ९ बजेसम्मको अपडेट अनुसार २६ जनामा नयाँ सँक्रमण देखिएको हो ।

मन्त्रालयको फेसबुक मिडिया ब्रिफिङ्ग पेज अनुसार महोत्तरीमा २ जना, बारामा ३ जना र रौतहटमा २१ जना गरी कुल २६ जना नयाँ सँक्रमित थपिएको हो । त्यसै गरि सोमबार राती मात्र ओसोलेशनबाट २ जना महिला सहित ४३ जना निको भएर घर समेत फर्किएको जनाइएको छ । यद्यपी, यसबारे संघिय स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले भने अहिले वेभसाईटमा अपडेट गरेको देखिएनन्

४३ जना कोरोना जितेर घर फर्किए

कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट एकैदिन ४३ जना डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर सोमबार डिस्चार्ज भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए ।

डिस्चार्ज हुनेमा २ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । जसमध्ये ४१ जना पर्साका छन् भने सर्लाही र भारतका एक÷एक जना रहेका छन् । ४३ जना एकै पटक डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए । वीरगञ्जकै गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यससंगै वीरगञ्जबाट सोमबारसम्म ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए भने जेठ १० गते ९ जना संक्रमित डिस्चार्ज भएका थिए । जसमध्ये दुई जना पुनः संक्रमण देखा परेर भर्ना भएका व्यक्ति थिए । यस्तै वैशाख १४ गते ४ जना संक्रमित डिस्चार्ज भएका थिए । तर दुई जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

निको हुनेमा ४ महिने शिशुदेखि ६६ वर्षे वृद्धसम्म

वीरगञ्जबाट कोरोना जित्नेमा ४ महिने शिशुदेखि ६६ वर्षसम्मका वृद्ध छन् । उनीहरु सबै वीरगञ्ज महानगरपालिका–३ छपकैयाका हुन् । गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । अहिले उनका परिवारका सबै सदस्य निको भएर घर फर्किसकेका छन् ।

पर्सामा संक्रमणको नालीवेली

चैत २९ गते पहिलो पटक पर्सामा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जको छपकैयामा बस्दै आएका तीन जना भारतीय नागरिकमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । तर वैशाख महिना भने पर्साका लागि सुखद् रहेन । वैशाखमा मात्रै ८२ जना संक्रमित भए । वैशाख १४ मा २ जना, वैशाख १५, १७ र २१ मा एकरएक जना, वैशाख २४ मा १७ जना, वैशाख ३० मा एकैदिन सबै भन्दा बढी ५७ जना, वैशाख ३१ मा ३ जना संक्रमित फेला परेका थिए । जेठ २ मा ४ जना र जेठ ३ मा २ जना संक्रमित भेटिएका थिए ।

जेठको तीन गतेयताको एक साता भने पर्सामा नयाँ कोरोना संक्रमित थपिएन । एक सातापछि जेठ ११ गते भने दुई जना कोरोना संक्रमित थपिए । थपिएका संक्रमित दुवै जना वीरगञ्जका छन् । अहिले उनीहरु गण्डक कोभिड अस्पतालमा उपचाररत छन् । जेठ ११ गते आइतबारकै दिन पर्सा घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भयो । त्यस्तै सोमबार पनि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत पर्सा घर भएका एक जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना कलैया अस्पतालमा उपचाररत छन् । आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या भने ९४ पुगेको छ ।

पर्सामा कति भए पीसीआर परीक्षण ?
वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार पर्सामा अहिलेसम्म करिब १३ सय जनाको पीसीआर परीक्षण भएर पनि रिपोर्ट आइसकेको छ । संक्रमितको सम्पर्कमा रहेका करिब ३ सय जनाको स्वाब संकलन भइसकेको उनले बताए । पर्सा घर भई बारामा कार्यरत दुई जना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ हुन बाँकी रहेको उनले बताए । यस्तै गरी नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारीसहित ५१ जनालाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको पनि स्वाब संकलन गर्न बाँकी रहेको छ ।

संक्रमितमा आत्मबल बलियो देखियो
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत पर्सामा एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमित निको हुनुमा संक्रमितमा देखिएको बलियो आत्मविश्वास मुख्य कारण हो । यसरी एकै पटक संक्रमितहरु निको भएर घर फर्कनुले अन्य संक्रमितमा पनि हौसला मिलेको उनले बताए । अनलाईन खवरको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

1 min ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

2 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

5 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

11 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

13 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago

ताजा समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy