एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ : धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधीसभा सांसद तथा पूर्वमन्त्रि रघुबिर महासेठले कोरोना महामारीको नियन्त्रण गरि कोरोना मुक्त राष्ट्र निर्माण नेपाल सरकारको पहिलो लक्ष्य रहेको बताएका छन् । आफनो निर्वाचन क्षेत्र सहित धनुषाका विभिन्न क्षेत्रहरुको स्थानिय सरकारलाई प्याकेजमै सुरक्षा समाग्री वितरण गर्न आएका महासेठले प्रदेश २ मा बढि जोखिम रहेको र सरकारले सो कुरा बुझेर प्रदेश २ लाई प्राथमिकतामा राखेको बताए ।

महासेठले सो अवसरमा ७० थान थर्मल गण र १५ हजार सर्जिकल मास्क स्थानिय तहहरुलाइ हस्तान्तरण गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ४ को मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका, मिथिला बिहारी नगरपालिकामा सहितको स्थानिय सरकारका प्रमुखहरुलाई महासेठले थर्मल गण र मास्क प्रदान गरेको छ ।

त्यसै गरि क्षेत्र नं. ३ को धनौजी गाउँपालिका, मुखियापटटी मुसहर्निया गाउँपालिका, नगराईन नगरपालिकाको प्रत्येक वडामा एक एक थान थर्मल गण र मास्क समेत दिइएको छ । बटेश्वर गाउँपालिकालाई अन्य पालिका सरह नै प्रत्येक वडाको लागि एक एक थान थर्मल गण र सवै वडाका लागि एक हजार मास्क राहत स्वरुप महासेठले दिनुभएको छ मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले बताए ।
