एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ : नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ धनुषाले २ सय दलित घरपरिवारलाई राहत वितरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. २५ लोहनाका २ सय गरिव दलित घर परिवारलाई राहत स्वरुप चालम ३० किलो, रहरको दाल ३ किलो नुन २ किलो खानेतेल २ लिटर सावुन ४ पिस र चिनि २ किलो सहितका खाद्यान्न सरसमानहरु उपलब्ध गराएका छन् ।
संघ धनुषाका अध्यक्ष रघुनाथ दासको पहलमा प्रदेशसभा सदस्य प्रमिला देवी दासले सो दलित परिवारहरुलाई खाद्यान्न समाग्री हस्तान्तरण गरेकी थिइन । संघ धनुषाद्वारा संचालित दिगो शान्तिका लागि असमानता र अविभेद परियोजना विगत २ वर्ष देखि लोहनामा सञ्चालनमा रहेको छ जस्मा विभिन्न किशिमका आयआर्जन, जनचेतना, शिक्षा, खानेपानी सहितका विभिन्न सवालहरुमा कार्यक्रमहरु सञ्चालन हुदै आएको छ ।
तर अहिले यस महामारीमा लकडाउनका बिच स्थानिय दलित परिवारहरुलाई अभाव भएपछि राहत वितरण गरिएको वडा अध्यक्ष उमेश यादवले बताए । राहत वितरण कार्यक्रममा स्थानिय दलित अगुवाहरु योगी पासवान, सकुन्देव पासवन, कुल्दिप दास, संस्थाका कार्यसमिति सदस्यहरु गंगा प्रसाद रजक, संजित कुमार मण्डल, अजय मण्डल र परियोजनाको कार्यक्रम संयोजक अरुण कुमार चौधरी सहितको उपस्थिती थियो ।