एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३ : धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको बताए ।
उनका अनुसार सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ । स्वास्थ्य मन्त्रालयले समेत राती ८ ः ५० बजे जारी गरेको विज्ञप्तीमा देशमा कोभिड १९ को कारण पहिलो मृत्यु भएको पुष्टी गरेको छ ।
धनुषामा थप २ मा संक्रमण
राती जारी गरिएको मन्त्रालयको सोहि विज्ञप्तीमा धनुषामा थप २ जनामा संक्रमण भएको पुष्टी भएको उल्लेख छ । धनुषाका २० र ६५ वर्षिय पुरुषहरुमा संक्रमण पुष्टी भएसंगै देशमा संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।