एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १ : स्वास्थ्य मन्त्रालयले एउटै संक्रमितको संख्या दुई दिन फरक फरक विज्ञप्ती निकालेर थप्दा सर्वसधारणमा भ्रम फैलिएको समाचार प्रकाशित भएपछि मन्त्रालयले तुरन्त सच्याएको छ । बैशाख ३० गते मन्त्रालय निकालेको अपडेट विज्ञप्तीमा उल्लेख भएका धनुषा, महोतरी र सर्लाही गरि तिन जिल्लाको पाँचजना संक्रमित सहित २ सय १७ जना संक्रमित देखाएको थियो र मन्त्रालय आज पुनः एक बिज्ञप्ती जारी गर्दै सोहि जिल्लाका पाँचजना संक्रमित थपेर देशमा संक्रमित विरामीको संख्या २ सय ५० पुरयाएको थियो ।
तर एसपी खवर सहित विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि मन्त्रालयले त्यसलाई सच्याउदै पुनः २ सय ४५ नै संक्रमित रहेको विज्ञप्ती निकालेको छ ।