एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : जनकपुरधामवाट पठाइएको स्वाबमा पनि ४ जना कोरोना सँक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको राती १०ः१५ बजेको अपडेट अनुसार महोत्तरीको २ जना र धनुषाको २ जना गरी ४ जना फेला परेको हो ।
महोत्तरी जिल्ला निवासी १६, ३५ वर्षीय पुरुषहरू र धनुषा जिल्ला निबासी २० वर्षीय महिला र ४० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । यसका साथै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या छव्वीस (२६) पुगेको जनाइएको छ । नयाँ सँक्रमितमा पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिलाहरू क्रमशः १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरू रहेका छन् ।
यस्तै, भक्तपुर जिल्ला निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौँ जिल्ला निबासी ३३ वर्षीय महिलास सर्लाही निवासी ४५ वर्षीय पुरुषमा समेत फेला परेको हो । मन्त्रालयका अनुसार, अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएको छ । आज मात्रै यसअघि प्रदेश नं. २ को पर्सामा ३९ जना, बाराका १ जना सहित दिउँसोसम्म ५७ जनामा पुष्टि भएपछि सँख्या १९१ पुगेको थियो । पुनः २६ जना थपिएपछि सँख्या २१७ पुगेको हो ।