एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २१ : जनकपुरधाम स्थित अर्थोपेडिक ट्रामा फाउन्डेशनको एक अंग रहेको दाँत, मुख र अनुहार सम्बन्धि उपचार केन्द्र क्रेनियोफेसियल सेन्टर जनकपुरधामले गरिव विपन्नका लागि लकडाउनका बिच निशुल्क दाँत, मुख र अनुहार सम्बन्धि उपचारको व्यवस्था गरेको छ । सञ्चालक डा. रामकेवल साहका अनुसार यस्यो लकडाउनका बिच अस्पतालहरु बन्द राखिएको बेला सेन्टरमा चिकित्सकहरुले सेवा दिइरहेको बताए ।

सुरक्षा समाग्रीहरुको प्रयोग र समाजिक दुरी कायम गरि लकडाउन रहे सम्मका लागि दाँत, मुख, गिजा र अनुहारका साथै तालु चिरिएका विरामीहरुका लागि सेन्टरमा निशुल्क उपचार मात्र नभई त्यस्ता गरिव विपन्न विरामीहरुलाई उपचारका साथ साथै खानाको समेत व्यवस्था गरिएको छ ।
यस सेवाको आइतवार जनकपुरधाम उपमहानगरपालिकाकाका प्रमुख लालकिशोर साहले समुदघाटन र अवलोकन गर्दै सोहि त्याहाँ रहेका विरामीहरुलाई सेनिटाइजर सहितको मेडिकल सुरक्षा समाग्रीहरु समेत वितरण गरेका छन् ।
प्रमुख साहले सेन्टरले गरिरहेको उपचार र गरिवहरुको सेवा समाजकै लागि जिम्मेवारी र उतरदायित्वको बोध गराएको बताए । चिकित्सक र अस्पतालहरु ठप्प रहेका वेला विरामीहरुलाई निशुल्क उपचार र साथमा भोजन तथा नास्ता समेतको व्यवस्था गरेर गरिव विपन्नहरुको लागि वास्तिविक सेवा गरिएको बताए ।
मुख्यतः दाँत, मुख र अनुहार सम्बन्धि उपचारको व्यवस्था रहेको सेन्टरले यो सेवा लकडाउन अवधी सम्म जारी रहने बताए ।
भिडियो समाचार