एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २० : संक्रमितको नतिजा नेगेटिभ देखाएपछि थन्काइएको जनकपुरधाम प्रादेशिक अस्पतालको पिसिआर मेशिन अर्को नयाँ ल्याएपनि यसअघिकै मोडलको मेशिन रहेको छ । प्रयोगशालाका प्रमुख रामविनय साहले दिएको जानकारी अनुसार मेशिन अर्को रहेपनि यस अघि प्रयोग गरिएकै मोडलको मेशिन हो । अस्पतालमा नयाँ मोडेलको द्रुत गतिमा परिक्षण हुने मेशिन आउने चर्चा थियो ।
गलत नतिजा दिने पीसीआर मेसिनलाई थन्काइएपछि प्रदेश २ मा अर्काे मेसिन आइपुगेको छ । आएको नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिकै मोडेलको नयाँ मेसिन पठाएको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए । नयाँ मेसिनबाट पनि पहिलेको जस्तै दैनिक १० जनाको नमुना परीक्षण हुने साहले जानकारी दिए ।
राजधानी जनकपुरधाममा मेट्रो रेल जस्तै मेशिन आउने आशा थियो उहि एकजना बोक्ल मिल्ने मोटरसाइकल आएको जस्तो भयो उनको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक पठाइएको मेसिन गत चैत २१ गतेबाट सञ्चालनमा आएको थियो ।