एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १७ : जनकपुरधाम उपमहानगरपालिका वडा नंं. २१ कुर्थामा राहत वितरणको क्रममा विवाद हुँदा राहत वितरण तत्काल रोकिएको छ । बुधवार सर्वपक्षिय निर्णय अनुसार वडा अध्यक्ष रामेश्वर महासेठ राहत वितरणका लागि तयार रहेका वेला वडाका केहि युवाहरु र विपन्नहरु अझै धेरैको नाम छुटेको भन्दै विभेद नगर्न भनेपछि तत्काल राहत वितरण स्थगित गरिएको छ ।

सर्वपक्षिय निर्णय अनुसार १२ सय जनालाई राहत वितरण गर्नुपर्ने सहमती भए अनुसार बुधवार राहत वितरण गर्न लाग्दा नाम छुटेको भन्दै केहिले भिडभाड गर्न आएपछि तत्काल स्थगित गर्न परेको वडा अध्यक्ष महासेठले बताए । युवाहरुले वडाका अति विपन्न र गरिवहरुको नाम छुटेको र अभाव नभएकाहरुको समेत नाम देखिएकाले तत्काल विरोध गर्न परेको बताए । कतिपयले आफनो १५ सदस्सीय परिवार चारठाँउमा बस्ने गरेको भएपनि एकजनाको नाम मात्र रहेको बताउदै सवै दलका प्रतिनिधीहरु मिलेर मनपरी गरेको बताउछन् ।

यसरी राहत वितरणमा विवाद हुँदा भिडभाड हुने गरेको र संक्रमणको समेत जोखिम बढदै गएको छ ।

यस्तो छ राहत वितरणको लफडा भिडियो समाचार तल