एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १४ : गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान नेपाल र नेपाल भारत मैत्री युवा संघ नेपालले प्रदेश सरकारलाई कोरोना रोकथामका लागि विभिन्न सरसमानहरु प्रदान गरेको छ । दुवै संस्थाले संयुक्तरूपमा प्रदेश सरकारलाई १०० थान पिपिई, १०० थान स्यानिटाईजर, २ हजार थान सर्जिकल मास्क, २ हजार थान ग्लोब्स हस्तान्तरण गरेका छन ।
प्रतिष्ठानका तर्फबाट पुर्व मन्त्री तथा प्रतिनिधीसभा सांसद अनिल कुमार झाले स्वास्थ्य सामग्रीहरु सामाजिक विकास मन्त्री नवल किशोर साहलाई हस्तान्तरण गरेका छन् । नेपाल भारत मैत्री युवा संघका केन्द्रिय सदस्य जिवनाथ चौधरील कोरोना रोकथाममा सहयोगका लागि समानहरु वितरण गरिएको बताए । धनुषा जिल्ला सदस्य पंकज महतोले प्रदेश सरकारलाई केहि भएपनि राहत हुने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्य मन्त्री डिमपल झा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा समेतको उपस्थिति रहेको थियोे ।