एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ७ : सडकमा पैसा फालेर समाजमा त्रास बढाउने गतिविधी मधेशमा पनि बढदै गएको छ । आइतवार धनुषाको सवैला नगरपालिकाको सवैलमा पनि सडकमा दुईठाँउमा पैसा देखेपछि दुईजना हतार हतार भाग्दै गरेका दुई युवकहरु र एक वृद्वलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय धनुषा सवैलाका प्रहरी निरिक्षक चन्द्रभुषण यादवले स्थानियवासीहरुको आरोपको आधारमा तिनजनालाई नियन्त्रणमा लिएर बरकुर्वा स्थित क्वारेन्टाइनमा पठाएको तर पैसा उनीहरुले नै फालेका हुन कि होइन भने कुरा स्पष्ट नभएको एसपी खवरलाई बताए ।
पक्राउ गरिएका उनीहरुलाई हिरासतमा राख्दा त्रास बढने र असुरक्षित हुने भएकाले क्वारेन्टाइनमा राखिएको निरिक्षक यादवले बताए । स्थानियवासीहरुले उनीहरु पैसा फालेर भाग्दै गरेको बताएका थिए । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।