एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ ९ : बिडम्वना, परिवारजनको मृत्यु भएपछि पारिवारिक सदस्यको हालत के होला ? अनुमान गर्दै आँसु थाम्न मुस्किल हुन्छ तर कोभिडको यस महामारीमा परिवारिक सदस्य गुमाएको अवस्थामामा पनि छिमेकी, समाज त छदै छैन सरकार र प्रशासन समेत बेकाम सावित भएको छ ।
धन्य जनकपुरधामका केहि युवाहरु जस्ले मृत्क परिवारको पारिवारिक सदस्य झै दुःखमा साथ दिइरहेका छन् । शव व्यवस्थापनमा लागेका युवा बलराम गुप्ता भन्छन, ‘प्रादेशिक अस्पतालको कोभिड वार्डमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका वार्ड नं.४ सपहिका एकजनाको मृत्यु भयो, शव व्यवस्थापनका निमित्त मृतकका छोरा जिल्ला प्रसासन कार्यालय पुगे, शनिवार कार्यालय बन्द थियो, कसैले सुनेन केहि शिप नलागे पछि अस्पतालका एक सुरक्षा गार्डको सुझावमा हामिलाइ खबर आयो हामी शव व्यवस्थापन गरयौं ।’

कोभिडका बेला सडक र अस्पतालका भोकाहरु, अस्पतालमै काम गर्ने चिकित्सक, नर्श देखि सुरक्षा र सफाईकर्मीहरु लाई समेत खाना देखी पशिलो फलफुल समेत निरन्तर दैनिक बाँडदै आएको पिसीएमसीका सदस्य युवा अक्ष्य अधिकारीले एसपीखवरलाई भन्यो, ‘आज आइतवार पनि यस्तै भयो, प्रादेशिक अस्पतालकै एकजना विरामीको मृत्यु भयो, शव व्यवस्थापनको कुनै व्यवस्था नदेखेपछि रुदै पिडितले फोन गरेपछि हामी शव व्यवस्थापन गरयौं ।’
संक्रमितहरुको शव व्यवस्थापनको काम स्थानिय सरकार र प्रशासनको रहेपनि कसैको कुनै ठेकान छैन । बैठक र निर्णयमा सिमित सरकार र प्रशासन विभिन्न छलफल, गोष्ठी र त्यसका निर्णयको प्रतिलिपी समाजिक सञ्जालमा पोष्ट गर्नमा मात्र सिमित भएको देखिन्छ ।

यस्ता पुनित काममा जानकी युवा क्लवका शुसिल कर्ण सहितका पदाधिकारी र सदस्यहरु, युवा अगुवा राकेश विक्रम साह नेतृत्वका युवाहरु (राराब क्याम्पस कोभिड १९ क्वीक रेस्पोन्स टिम) र पिसीएमसीका अक्ष्य अधिकारी सहितका युवाहरुको समु्ह सक्रिय छन् । कसैको पिपिई, कसैको गाडी तथा एम्वुलेन्स सहितको सहयोग आफै उनीहरुले जुटाएर जोखिमका बिच काम गरिरहेको देख्दा सवै भन्दा उत्तम सहयोगी ति नै युवाहरु भन्नेमा कुनै शंका रहेन । ति पवित्र काममा सरिक हुने गरेका कैयौं शाहासिक युवाहरुको नाम यस समाचारमा नसमेटिएको भएपनि ति सम्पुर्ण युवाजमातमा एसपी खवरको सलाम छ, धन्य युवा