जनकपुरधाम, फागुन ३० : संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेवाङ्गले आज नेपाल रेल्वेको निरिक्षण अवलोकन गर्ने बताइएको छ । रेल्वेको स्थलगत निरिक्षण अवलोकनका लागि मन्त्री नेवाङ्ग जनकपुरधाम आउन लागेका हुन । रेल्वे सञ्चालन हुनै लागेको खवरहरु आइरहेको भएपनि कोरोना भाइरसको त्रास र सतर्कताका कारण रेल्वे तत्कालै सञ्चालनमा आउने सम्भावना भने कम छ । यद्यपि रेल्वे विभागले कर्मचारीहरुको परिपुर्तीका लागि विज्ञापन निकालिसकेको र मन्त्रीको अवलोकनले रेल्वेको विषयमा केहि ठोस संकेत गर्ने विश्वास गरिएको छ ।
मन्त्री नेवाङ्ग आज विहान ९ बजेको विमानवाट जनकपुरधाम आउन लागेको प्रेस संगठन धनुषाका सहसंयोजक अवधेश कामतले बताए ।