एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १२ : जनकपुर जेसीजको नव निर्मित भवनको समुदघाटन गरिएको छ । भवन निर्माणका लागि आफनो संसदिय विकास कोषवाट ४० लाख रुपैया सहयोग गरेका प्रदेशसभा सदस्य परमेश्वर साहले नव निर्मित भवनको समुदघाटन गरेका छन् । सांसद साहको ४० लाख र जेसिजको २० लाख सहयोग संकलन सहित कुल ६० लाखको लागतमा कदमचौकमा जेसिजको सभाहल, सचिवालय सहितको नयाँ भवन बनेको छ ।
भवन समुदघाटन गर्दै प्रदेश सांसद साहले भने, ‘युवामा दक्षता, नेतृत्व क्षमता र अनुशासन मात्र नभई व्यक्तित्व विकासमा समेत जेसिजले भुमिका निर्वाह गरेको भन्दै समाजमा उतरदायी युवाको निर्माणमा निरन्तर भुमिका खेल्न जेसिजलाई आग्रह गरेका छन् ।

जनकपुरधाम क्षेत्रवाटै निर्वाचित सांसद साहले जनकपुरधामलाई सकारात्क दिशा दिन युवा अगाडि आउनुपर्ने बताए । नेपाली कांग्रेसका जिल्ला उपसभापति संतोष यादव र नगर सभापति मनोज साहले समेत जनकपुरधामका युवामा सकारात्मक सोचको विकास हुदै गएको बताए ।

साथै सोहि अवसरमा जेसिज सप्ताहको समापन तथा प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार समेत वितरण गरिएको छ । कार्यक्रममा जनकपुर जेसिजका अध्यक्ष गौतम कुमार साह, जेसिजकी राष्ट्रिय उपाध्यक्ष कञ्चन झा, जेसी मनिष रमण साह, ई. प्रकाश चन्द्र साह, रामबाबु साह, रितेश गुप्ता, शंकर साह, सुधिर पजियार, जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी सहित जसपाका नेताहरु संजय चौधरी, प्रमोद यादव सहितको सहभागिता थियो ।

