एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २२ : श्री गणेश युवा कमिटिले आयोजना गरेका रक्तदान कार्यक्रममा कुल ५० जनाले रक्तदान गरेका छन् । आज जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले समुदघाटन गरेको रक्तदान कार्यक्रममा महिला, पुरुष र युवा गरि कुल ५० जनाले रक्तदान गरेको कमिटिका अध्यक्ष सन्तोष महतोले बताए ।
साथै हिन्दुहरुको महान पर्व शुभ दिपावली र छठ पर्वको अवसरमा सोहि अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जनकपुरधाम उपमहानगर प्रमुख साहले नगरको विकासमा युवा क्लवहरुको भुमिका अझै शसक्त हुनु पर्ने बताए ।
कार्यक्रम संयोजक एवं कमिटिका पुर्व अध्यक्ष सन्तोष कुमार साहका अनुसार कोरोना कालमा अस्पतालहरुमा विरामीहरुको उपचारमा रक्त अभाव देखिएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर साह हिरा, जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, कमिटिका पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी सहित कमिटिका पुर्व अध्यक्षहरु शंकर साह सहितको सहभागिता रहेको उपाध्यक्ष संजय कुमार साहले बताए । कार्यक्रमको आयोजनामा सामुदायिक विकास केन्द्रको सहयोग रहेको छ ।





