एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ मुल नाराका साथ आज निजामती सेवा दिवस मनाईदै छ । यसैबिच धनुषामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस २०७७ मनाइएको हो । दिवसको अवसरमा आज नेपाल मधेसी निजामती कर्मचारी मञ्च जिल्ला कार्य समिति धनुषाले वृक्षारोपन कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल निजामती कर्मचारी मञ्च धनुषाका अध्यक्ष दिपक ठाकुरको अगुवाईमा नेपाल निजामती कर्मचारी मञ्चका प्रदेश संयोजक बेचन महतो, नेपाल निजामती कर्मचारी मंच केन्द्रिय समितिका उपाध्यक्ष शुरेश शर्मा, केन्द्रिय सदस्य जगदीश साह, क्लोथ बैंक नेपाल धनुषाका सचिव मनिष झा श्रीओम लगायतको उपस्थितीमा वृक्षारोपन गरिएको छ ।
राईजोबियम तथा घाँसेबाली बीउ बिजन प्रयोगशाला जनकपुरधामको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । क्लोथ बैंक नेपालका सचिव मनिषले सोहि अवसरमा मञ्चले बैंकको होम आइशोलेसन केयर अभियानमा २ वटा अक्सिजन सिलिन्डर सहयोगको घोषणा समेत गरेको बताए । नेपाल सरकारले हरेक वर्ष भदौ २२ गतेका दिन निजामति सेवा दिवस मनाउँदै आएको छ ।