एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : जनकपुरधाम उप–महानगरपालिका को ५ औं नगर सभाको निर्णयहरु खारेजी सम्बन्धमा दायर भएको मुद्दामा सुनवाई गर्दै सम्मानित सर्वोच्च अदालतले अति आवश्यक खर्च बाहेक अन्य बजेट नचलाउन जारि गरेको अल्पकालीन आदेश लाई निरन्तरता दिइरहन नपर्ने आदेश दिएको छ । नगरसभा अबैधानिक भएको भन्दै जउनपा वडा नं. ७ का अध्यक्ष जानकी राम साहले रिट दायर गरेको थियो ।
सर्वोच्च अदालतका माननीय न्यायधिशद्वय हरि कृष्ण कार्की र शुष्मलता माथेमा द्वारा सुनवाई भएको ३ नं. संयुक्त इजलाशमा जनकपुरधाम उप–महानगरपालिकाको ५ औं नगरसभा विधिसम्बत रहेको ठहर सहित यस अघि जारी भएको अल्पकालीन अन्तरिम आदेश आज सर्वोच्च अदालत द्वारा फुकुवा गरिएको छ । सर्वोच्च को उक्त आदेश पछि उप–महानगरपालिका कार्यालयका सम्पूर्ण कामकाज पुनः सञ्चालन गर्ने बाटो खुलेको छ ।