एसपी रिपोर्टर
काठमाणडौँ, साउन २८
: जनमत पार्टीले उपत्यका र सातै प्रदेशमा कार्यरत कानुन व्यवसायीहरूको केन्द्रीय सङ्गठनका रूपमा ‘वकिल जनमत सङ्घ’ गठन गर्न लागेको जनाएको छ ।पार्टीको सङ्गठन विभागको आयोजना हुने उक्त सङ्घको केन्द्रीय कार्यसमिति गठनका लागि एक वृहत् भेला आगामी भदौ ४ गते जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालय, मध्यबानेश्वरमा बिहान ११ बजे सुरु हुने जनमत पार्टीले जनाएको छ ।भेला पार्टीप्रति प्रतिबद्ध र विधि–विधानअनुसार आबद्ध हुन इच्छुक सबै सरोकारवाला कानुन व्यवसायीहरूका लागि खुला रहेको पार्टीकी केन्द्रीय सचिव अनिता देवी साहले बताइन् ।