एसपी रिपोर्टर
काठमाणडौं,साउन २६ : भारतका विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अरु विपक्षी नेताहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रियङ्का गान्धी वाड्रा पनि छन् ।
भोट चारी गरेर निर्वाचन आयोगले भारतीय जनता पार्टी भाजपालाई जिताएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनका क्रममा तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा बेहोस भएकी थिइन् ।विपक्षीको प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको थियो । यद्यपि समाजवादी पार्टीका नेता अखिलेश यादवसहितका केही नेताहरु सडकमा राखिएको छेकबार नाघेर जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।यसअघि गान्धीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउँदै भोट चोरी गरी भाजपाले चुनाव जितेको दाबी गरेका थिए । त्यसपछि विपक्षी दलका नेताहरु आन्दोलनमा उत्रिएका हुन् ।





