एसपी रिपोर्टर
काठमाणडौं,साउन २६ : नेपाली बजारमा सोमबार (साउन २६) सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार १०० रुपैयाँ कायम छ । आइतबार (साउन २५) छापावाल सुन प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।





