एसपी रिपोर्टर
काठमाणडौँ,साउन २५
: ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा पक्राउ परेका छन् । पाँच दिन अघि काठमाडौँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतमा ‘मोस्ट वान्टेड’ रहेका शेख सलीम उर्फ सलीम पिस्टललाई पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले भारतमा आपराधिक गतिविधिमा संलग्न विभिन्न समूहलाई हतियार आपूर्ति गर्दै आएको बताइन्छ ।पहिचान लुकाएर काठमाडौँमा बस्दै आएका उनको बारेमा भारतीय प्रहरीले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले कारबाही अघि बढाएको स्रोतको भनाइ छ । सलीमलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीले नै भारतीय प्रहरीसमक्ष बुझाएको बताइएको छ ।दुई देशबिच बेलाबखत यस प्रकारको समन्वयका आधारमा कारबाही हुने गरेको प्रहरी स्रोतको भनाइ छ ।पक्राउ परेका सलीम भारतमा विभिन्न अपराधमा संलग्न रहेको भन्दै भारतीय मिडियाले उनी नेपालमा पक्राउ परेको समाचार प्रकाशन गरेका छन् । भारतीय मिडियाका अनुसार नेपाल प्रहरीले नियन्त्रणमा लिएर उनलाई भारतीय प्रहरीसमक्ष बुझाइएको हो ।