एसपी रिपोर्टर
जनकपुरधाम,साउन २३
: सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका-११ की ५५ वर्षीया चन्दा देवी बैठा छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडा कार्यालय नजिक बीआर३०के ४६९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलले शुक्रबार बैठालाई ठक्कर दिएको थियो ।ठक्करबाट घाइते उनलाई अचलगढ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय जितेन्द्र ठाकुरसमेत घाइते भएर प्रादेशिक अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।