एसपी रिपोर्टर
काठमाणडौँ,साउन २३
:  नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ ।

१६ साउनदेखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा उल्लेख छ ।यस्तै बैठकले समाजवादी मोर्चामा आवद्ध अन्य पार्टीहरू लगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरेको सर्कुलरमा उल्लेख छ ।