एसपी रिपोर्टर
काठमाणडौँ,साउन २३
: सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

आयोगको मधेश प्रदेश कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सप्तरीको राजगढमा भएको घटनाबारे अनुसन्धान सुरु भएको जनाएको हो ।राजगढ गाउँपालिका-२ स्थित कमलपुरमा २० साउन राति भारततर्फ हुन लागेको मदिरा तस्करी नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाएको गोली लागेर स्थानीय लालुप्रसाद यादवको मृत्यु भएको थियो ।मृतकका आफन्त र स्थानीयले घटनाबारे आपत्ति जनाउँदै मृतकको बाँच्न पाउने मानव अधिकार उल्लंघन भएको भनी विरोध भएकोले उक्त घटना सन्दर्भमा आयोगले अनुसन्धान सुरु गरेको हो ।अनुसन्धानका लागि घटनास्थल पुगेको आयोगको टोलीलाई अनुसन्धानका लागि सघाउन आयोगले अनुरोध समेत गरेको छ ।