एसपी रिपोर्टर
काठमाणडौं,साउन २२
: नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हेरफेर गरेको छ ।

सदस्य मनरोमा शेरचन र संगिता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई ल्याइएको छ । शेरचन उद्योग र धानुकलाई कानुन समितिमा लगिएको छ । यसअघि मिजार उद्योग समिति र यादव कानुन समितिमा थिइन् ।शिक्षा विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेपछि कांग्रेसले समिति सदस्य हेरफेर गरेको हो ।प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम प्रतिनिधिसभाको विषयगत समितिहरूमा सदस्यहरूको नाम थप तथा हेरफेर गरिएको संसद् सचिवालयले जनाएको छ ।यसअघि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि शिक्षा समितिमा आएका थिए ।

विद्यालय शिक्षा विधेयक पास गर्नेगरी आज शिक्षा समितिको बैठक बस्दै छ ।