एसपी रिपोर्टर
काठमाणडौं,साउन २२
: सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् ।

बलरा नगरपालिका-१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो ।झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा  चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिहरूमाथि छुरा प्रहार गर्नेहरूमा भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह रहेका छन् ।