एसपी रिपोर्टर
रौतहट,साउन २२ : रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवामा रहेको डिप ट्युबेल सञ्चालनमा नआउँदा वरपरका खेतमा सिँचाइको समस्या भएको छ ।
स्थानीय विन्देश्वरप्रसाद यादवका अनुसार राजदेवी –७ मुडवलवामा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र नक्टाझिज, धनुषाद्वारा २०६५ सालमा जडान भएको डिप ट्युबेलको ट्रान्सफर्मर चोरी भएपछि सञ्चालनमा नआउँदै डिप ट्युबेल प्रयोगविहीन भएको छ ।६० बिघा खेतमा सिँचाइ गर्न सकिने क्षमता रहेको उक्त डिप ट्युबेलमा ४८ लाख नेपाल सरकारको लगानी भएको कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र नक्टाझिज, धनुषाका कृषि इन्जिनियर महेन्द्र सुनरैतले जानकारी दिनुभयो ।घर निर्माण, बोरिङ् जडान, पम्प जडान तथा विद्युतीय मोटर, ट्रान्सफर्मर जडान लगायतको कार्य सकेर पानी सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेको अवस्थामा पुनः ट्रान्सफर्मर खरिद कार्यको लागि बजेट खर्च गर्न नमिल्ने उहाँले बताउनुभयो ।डिप ट्युबेल जडानसँगै कार्यालयले १ किलोमिटर कुलो निर्माणको कार्य गर्नुपर्ने प्रावधान रहेकाले ट्युबेल सञ्चालनपछि कुलो निर्माणको काम गरिने उहाँले बताउनुभयो ।वर्षौंदेखि डिप ट्युबेल सञ्चालनमा नआउँदा किसानलाई त्यति चासो नभए पनि अहिलेको सुक्खाग्रस्त समयमा सबैको ध्यान सञ्चालन गराउन तर्फ गएको स्थानीय बच्चाप्रसाद यादवले बताउनुभयो ।सिँचाइमा देखिएको सङ्कट समाधानका लागि डिप ट्युबेल सञ्चालनका लागि राधाकृष्ण डिप ट्युबेल जल प्रबन्धक समितिले ट्रान्सफर्मर जडान गरिदिन माग गरेको छ ।डिप ट्युबेल सञ्चालनमा ल्याउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाइ ट्रान्सफर्मर व्यवस्थापनको लागि अनुरोध गरेको समितिका सभापति रामेश्वरप्रसाद यादवले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय रौतहटले ट्रान्स्फर्मर जडानका लागि नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई पत्राचार गरे पनि हालसम्म ट्रान्सफर्मर जडान हुन नसकेको समितिका सभापति यादवले गुनासो गर्नुभयो ।
राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारिप्रसाद यादवले सय केभीएको एउटा ट्रान्स्फर्मर वडा नं. ७ मुडवलवाका लागि खरिद भएको र सोहीबाट डिप ट्युबेल सञ्चालन गर्न सकिने गरी घना बस्तीको बिचमा जडान गर्ने लक्ष्य रहेको बताउनुभयो ।सभार गोप





