एसपी रिपोर्टर
महोत्तरी,साउन २२
: धनुषाको दुहबी ढालाचोक नजिकै तस्कर र सशस्त्र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाएको छ ।

बुधबार राति ८ बजेतिर विदेह नगरपालिका–२ दुहबी ढालाचोक नजिकै आँपको बगैंचामा प्रस्तावित सीमा सुरक्षा गुल्म, मैनाथपुरबाट खटिएको प्रहरी टोलीले तस्करीको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।प्रहरी टोलीमाथि ५०/६० जनाको संख्यामा स्थानीय बासिन्दाले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले ज.११प.६४११ नम्बरको मोटरसाइकल र ५० हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिएको छ ।तस्करीको समान नियन्त्रणमा लिन खोज्दा बाध्य भएर प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

झडप भएको स्थानमा दुई साताअघि पनि प्रहरी र तस्करबीच विवाद भएको उनले बताए ।सभार कान्तिपुर