एसपी रिपोर्टर
काठमाणडौँ,साउन २२
: नेकपा एमालेका कार्यबाहक अध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले विधान महाधिवेशन हुने हलको निरक्षण गरेका छन् ।

अर्को महिना २०–२२ भदौमा एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन गर्दैछ । उक्त हलको निरीक्षण गर्न बिहीबार बिहान एमाले कार्यबाहक अध्यक्ष पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतको टोली पुगेको थियो ।निरीक्षण पश्चात नेताहरुले हल व्यवस्थापन कार्यलाई तीव्र पार्न व्यवस्थापन कार्यमा खटिएका टीमलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।