एसपी रिपोर्टर
काठमाणडौँ,साउन २१ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पछिल्लो समय केही असन्तुष्टीहरुमा टेकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताएका छन् ।बुधबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनता नै मालिक हुने यस व्यवस्थामा केही कमजोरीका बाबजुत पनि धेरै प्रगतिका मानकहरु सिर्जना भएको उनले बताए ।पारदर्शी लोकतान्त्रिक समाजलाई सुदृढ बनाउनुपर्ने, अझ बलशाली बनाउनुपर्ने कुरालाई बिर्सिएर केही असन्तुष्टीहरुमा टेकेर सत्यको जगमा तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप, प्रत्यारोप छटपटी र आक्रोश देशको पछिल्लो बिम्ब भएको उनको भनाई छ ।यसलाई नियन्त्रण गर्न जरुरी भएको उनले बताए । अहिले क्रमशः क्रान्ति र परिवर्तनका सूचकहरूको विश्वास धर्मराउने, मुर्झाउने र क्रमशः घृणावाद, लोकप्रियतावाद फस्टाउने गरेको उनको आरोप छ । यसले चलाखीपूर्ण ढङ्गले जनताका सपनाहरूको चोरी, डकैती गर्न खोजेको उनले बताए ।
यस्तै उनले राजावादीहरूप्रति लक्षित गर्दै मरणासन्न हुँदै गएको नवउदारवाद, इतिहासले कुनामा फालिदिएको सामन्तवादको नयाँ मिसिनरिजका रूपमा केही मान्छेहरूले समाजलाई भड्काउने काम गरिरहेका बताए ।





