एसपी रिपोर्टर
काठमाणडौँ,साउन २१ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले सुझाव दिन पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न कांग्रेस र एमाले बाहेकका दलहरूको बैठक बोलाएका छन् ।माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको प्रचण्डकाे सचिवालयले जनाएको छ ।आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी कार्यविधि पठाएको थियो ।





