एसपी रिपोर्टर
काठमाणडौं ,साउन २० : बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।‘विधेयक समितिमा मुलुकी अपराध संहिता,मुलुकी फौजदारी कार्यविधि संहिता,मुलुकी देवानी संहिता,मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी पाँचवटा विधेयकमा संशोधनको प्रस्ताव प्रस्तुत भएको छ’,मन्त्री लेखकको भनाइ छ ।मन्त्री लेखकका अनुसार बहु विवाह सम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी, माफी र परिवर्तनसम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने तथा संशोधन परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा एउटा उपसमिति गठन गरिएको हो ।‘त्यो उपसमितिले सम्बन्धित मन्त्रालयहरूको पनि राय सल्लाह लिएर परिमार्जन गर्ने प्रक्रिया अघि बढाउँछ’, लेखकले भने, ‘अव यसमा नागरिकहरूमा बाहिर चर्चा र चिन्ता र चासोलाई संशोधन गरेर परिमार्जन गर्छ ।’
उपसमितिमा कानुन मन्त्रालयका प्रतिनिधि, विधेयक समितिको सचिव, महान्यायाधिवक्ता र कानुन आयोगका प्रतिनिधिको सहभागिता रहने छ ।





