एसपी रिपोर्टर
काठमाणडौं ,साउन १९ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले चार दिनसम्म चलेको स्थायी समिति बैठकबाट विभिन्न बुँदे निर्णय गरेको छ।
बैठकपछि पेरिसडाँडामा माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले निर्णयहरू सार्वजनिक गरेका हुन् ।बैठकले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारको कडा आलोचना गरेको छ।माओवादीले यो सरकारले सहकारी ठगीमा आफ्ना नेता जोगाएर प्रतिपक्षीलाई मात्रै लगाम कसेको, लोडसेडिङ बढाउन थालेको, भिजिट भिसा प्रकरणमा आफ्ना नेतालाई जोगाएको, विद्यालय शिक्षा विधेयकमा ढिलाइ गरेको, त्रिभुवन विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको र सरकार दलाल तथा विचौलियासँग मिलेको आरोप पनि लगाएको छ।उपाध्यक्ष सापकोटाले केन्द्रीय समिति बैठक असोज या कात्तिकमा बस्ने बताएका छन् । उनले मध्यपहाडी लोकमार्ग अभियान पनि लमजुङबाट सुरू गरिने बताए ।





