एसपी रिपोर्टर
वीरगन्ज ,साउन १९
: पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले कटुवा पेस्तोलसहित आज वीरगन्जस्थित ईनर्वागाउँबाट बिन्दावासीनी गाउँपालिका–५ प्रसौनी निवासी साहेब खाँलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताए ।उनी‘कटुवा पेस्तोलसहित हिँडिरहेको’ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको लम्सालको भनाइ छ ।पक्राउ परेका खाँलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।