एसपी रिपोर्टर
काठमाणडौँ ,साउन १९ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँ रिफर गरिएको छ ।
घुर्मी स्वास्थ्य चौकीले रिफर गरेपछि ६ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको खोटाङका डीएसपी प्रतिक विष्टले रातोपाटीलाई बताए ।प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको डीएसपी विष्टले जानकारी दिए । गाडी चालक फरार छन् ।सिरहाको नराहबाट तिर्थयात्रीहरु सो गाडी रिजर्भ गरेर हलेसी मन्दिर दर्शन गर्न गएका थिए ।
मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो । ११ जना घाइतेहरूको प्राथमिक स्वास्थ्य चौकी घुर्मीमा उपचार हुँदैछ ।





